उपनिर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक
काठमाडौँः स्थानीय तह उपचुनावको वास्तविक मतपत्रको नमूना सार्वजनिक भएको छ।
उपनिर्वाचन हुन लागेको पालिका र वडा गरी ४१ वटै स्थानका लागि छुट्टा छुट्टै आवश्यक पर्ने मतपत्रका डिजाइन तयार गरेपछि निर्वाचन आयोगले शुक्रवार नमूना सार्वजनिक गरेको हो। उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्हमात्र समावेश गरी मतपत्र तयार गरिएको आयोगले जानकारी दिएको छ।