सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल टेलिकमको मुनाफा ६ अर्ब

२०८१ पुष २९, ०२:२० खबर संवाददाता

काठमाण्डौंः नेपाल टेलिकमले आर्थिक वर्ष २०८०र८१ मा कुल ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेर ६ अर्ब २३ करोड मुनाफा आर्जन गरेको जनाएको छ।

कम्पनीले ४१ अर्ब ५९ करोड रुपैयाँ सरकारलाई राजस्व बुझाएको छ। टेलिकमको पौष २८ गते सम्पन्न १७ औँ वार्षिक साधारण सभाले यस वर्षको मुनाफा रकममध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले सेयर धनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

कम्पनी सञ्चालक समितिका अध्यक्षसमेत रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले साधारण सभामा वार्षिक प्रतिवेदन पेस गर्दै कम्पनीले मुनाफाभन्दा सेवा भावलाई प्राथमिकता दिएको बताएकी थिइन्। कम्पनीले सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन फोरजीरएलटीई प्रविधिमा आधारित भोल्टे तथा एफटीटीएच सेवा विस्तार सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै आएको अर्यालले बताइन्।

कमेन्ट लोड गर्नुस