नागरिक उन्मुक्तिकी करिश्मा राष्ट्रिय स्वतन्त्र पार्टीको बनिन् सहमहामन्त्री
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश सह–महामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन्।
यही पौष २७ र २८ गते कैलालीको धनगढीमा बसेको रास्वपाको पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार कठरियालाई सह–महामन्त्रीमा सर्वसम्मत चयन गरेको हो। उनी यसअघि नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सह–सचिव थिइन्। कठरियाको राजनीतिक अनुभवले पार्टीलाई थप सशक्त र गतिशील बनाउने अपेक्षा गरिएको रास्वपाका प्रदेश सभापति प्रकाश विष्टले बताए।