सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टी मजबुत बनाउन भातृ संगठनको सहयोग अपरिहार्यः पूर्वमन्त्री देउवा

२०८१ पुष २९, ०५:२६ खबर संवाददाता

टीकापुरः सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले संगठन मजबुत बनाउन भातृ संगठन क्रियाशील हुनुपर्ने बताएका छन्।

पार्टीको मेरुदण्ड भनेकै युवाहरू भएकाले  स्थानीय तहबाटै युवाहरुले संगठन र पार्टी मजबुत बनाउन जुट्नुपर्ने उनले बताएका हुन्। अहिले काँग्रेस पार्टी एक सय दिने अभियानमा लागेकोले यो अभियानमा भातृ संगठनहरुले सघाउनुपर्ने उनको भनाई छ। टीकापुरमा भएको नेपाल तरुण दलद्धारा आयोजित जिल्लास्तरीय माघी मिलन तथा तरुण प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै देउवाले भातृ संगठन बलियो र चलायमान भएमा पार्टी बलियो हुने बताए।

कमेन्ट लोड गर्नुस