सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूमि आयोगमा कांग्रेस–एमालेको भागबन्डा, सुपका ७ जिल्लामा अध्यक्ष नियुक्त

२०८१ पुष २९, ०४:३९ खबर संवाददाता

धनगढीः राष्ट्रिय भूमि आयोगले सुदूरपश्चिममा ७ जिल्लाका लागि अध्यक्ष नियुक्त गरेको छ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले ती अध्यक्ष नियुक्त गरेको हो। अध्यक्षमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबिच भागबन्डा भएको छ। कैलालीमा यज्ञराज उपाध्याय, बाजुरामा जनकबहादुर रोकाया, डोटीमा डम्बरबहादुर ओली, अछाममा राम आउजी, दार्चुलामा लालसिंह धामी, बैतडीमा रमेशदत्त पाण्डेय र डडेलधुरामा कैलासकुमार पाण्डेय भूमि आयोगको जिल्ला अध्यक्षमा नियुक्त भएका छन्।

कञ्चनपुर र बझाङमा भागबण्डा नमिलेका कारण अध्यक्षको टुंगो लाग्न बाँकी नै छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सुदूरपश्चिमका ७ सहित देशभरका ५६ जिल्ला अध्यक्ष नियुक्त गरेका हुन्।

कमेन्ट लोड गर्नुस