अछामका पहिरो पीडितलाई डेढ लाख सहयोग
धनगढीः अछामका पहिरो पीडितका लागि डेढ लाख सहयोग गरिएको छ।
जिल्लाको साफेँबगर नगरपालिकास्थित जनकल्याण माविमा सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थिहरुले सङ्कलन गरेको एक लाख ५८ हजार ६ सय ४५ रुपैयाँ जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको हो।
जिल्ला प्रशासन कार्यालय अछामका अनुसार भदौ ३१ गतेको अविरल वर्षाका कारण जिल्लामा भएका प्राकृतिक विपदुका पीडितहरुका लागि रकम खर्च गरिने छ।