भारतमा जारी खोखो विश्वकप महिला र पुरुष दुवै टोली फाइनल खेल्दै
काठमाडौंः भारतमा जारी खोखो विश्वकपको पहिलो संस्करणको उपाधि भिडन्तमा आज घरेलु टिम र नेपालबीच प्रतिस्पर्धा हुँदै छ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा पुरुषतर्फको फाइनल खेल नेपाली समयानुसार बेलुका ८ बजे सुरु हुनेछ। समूह चरणमा भारतले नेपाललाई ४१–३७ ले पराजित गरेको थियो। नेपालले महिलातर्फको फाइनलमा पनि भारतकै सामना गर्नेछ। यो खेल आजै राति ७ः१५ बजे सुरु हुनेछ। नेपाली पुरुष टिम समूह ‘ए’को उपविजेता बन्दै क्वार्टरफाइनलमा आएको थियो।
\नेपालले क्वार्टरफाइनलमा बंगलादेशलाई ६७–१८ र सेमिफाइनलमा इरानलाई ७२–२० ले पराजित गरेको थियो।नेपाली महिला टिम भने अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो। महिलातर्फ नेपालले क्वार्टरफाइनलमा इरानविरुद्ध १०३–८ र सेमिफाइनलमा युगान्डामाथि ९–१ को सहज जित निकालेको थियो।