गहुँ आयातमा भारतले नेपाललाई दिने कोटा तोक्यो
काठमाडौंः भारतले नेपालमा गहुँ निर्यातका लागि कोटा निर्धारण गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै भारतले चार महिनाभित्र आयात गरी सक्नेगरी ५० हजार मेट्रिकटन गहुँ आयातको अनुमति दिएको हो।
गत १ जेठदेखि भारतले नेपाल लगायतका मुलुकमा गहुँ र गहुँको पिठो निर्यातमा रोक लगाएको थियो। गहुँ आयातका लागि औपचारिक निर्यात भने रोक्का नै राखेको भारतले दूतावास मार्फत पत्राचार गरेर नेपाललाई सो परिमाणको गहुँ आयात गर्न दिने जानकारी गराएको मन्त्रालयले जनाएको छ।
नेपालले गहुँको आयात खुलाउन भारतलाई पटक(पटक पत्राचार गरेको थियो। सो पत्रको जवाफमा भारतले नेपाललाई चाहिने गहुँको परिमाण माग गरेको थियो। नेपाली व्यवसायीले मन्त्रालय मार्फत भारतलाई वार्षिक ८ लाख मेट्रकटन गहुँ आयातको माग गरेका थिए।