सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भूकम्पबाट दर्जनौं घरमा क्षति, निरन्तर पराकम्प

तस्बिर : अन्नपूर्ण
तस्बिर : अन्नपूर्ण
२०७९ कार्तिक २३, ०४:२३ खबर संवाददाता

धनगढी: अछाममा मंगलबार रातिदेखि पटकपटक भूकम्पको झट्का आइरहेको छ। भूकम्पका कारण त्रसित भएका स्थानीयहरु घरभित्र बस्न सकेका छैनन्।

खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर मंगलबार राति ९ बजेर ७ मिनेटमा ५.७ सेक्टर स्केलको भूकम्प र त्यसपछि ६ पटकसम्म पराकम्प महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। बुधबार बिहान फेरि २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

जिल्लामा भूकम्पले मानवीय क्षति भने नभएको बताइएको छ। केही घरहरु भत्केको र केही चर्केको खबर प्राप्त भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामले घटनाको विवरण संकलन गरिरहेकाले आधिकारी तत्यांक आउन केही समय लाग्ने बताएको छ।

साँफेबगर नगरपालिका-१४ पातलकोट भास्कुन गाउँका ९३ घरधुरीमध्ये अधिकांश चर्केका र सबै स्थानीयहरु घर बाहिर बसेका वडा अध्यक्ष सन्जु थापाले बताए। प्रत्येक वडामा पुगेर क्षतिको विवरण संकलनको काम भइरहेको नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरले बताए। वडा नम्बर ९ बुढाकोट र १४ पातलकोटमा बढी क्षति भएको खबर पाएको उनले बताए। विवरण संकलनपछि उचित राहतको व्यवस्था गरिने उनले बताए। साँफेबगर–६ भागेश्वरमा पनि ९ घरमा क्षति पुगेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस