सुदूर नेपाललाई विश्वसँग जोड्दै

कंगोमा विद्रोहीले गरेको आक्रमणमा एक नेपाली सैनिक घाइते

२०७८ चैत्र २२, ०६:३९ खबर संवाददाता

काठमाडौँः कंगोमा विद्रोहीले गरेको आक्रमणमा एक नेपाली सैनिक घाइते भएका छन्। कंगोमा नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले आक्रमणमा एक जना सैनिक घाइते भएका हुन्।

अपरेशन ‘बाली’का क्रममा ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि विद्रोहीले गोली चलाएका थिए। त्यसक्रममा एक जना नेपाली शान्ति सैनिकलाई गोली लागेको नेपाली सेनाले जनाएको छ।

गोली लागेका सैनिकलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरेर बुनियाँस्थिति राष्ट्रसंघको अस्पतालमा लगिएको सैनिक जनसम्पर्क निर्देशनालयले छ। उनको उपचार भइरहेको सेनाले जनाएको छ। बाँकी सैनिक सबै सकुशल रहेका सेनाले जनाएको छ।

कमेन्ट लोड गर्नुस