थुनछेक बहस सुरु नभएपछि रविलाई हिरासतमा पठाइयो
काठमाडौंः थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई फेरि हिरासतमा पठाइएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा आइतबार बयान सकिएपछि थुनछेक बहसका निम्ति जिल्ला सरकारी वकिललाई खबर गरिएको थियो। तर, सरकारी वकिलहरू ढिला गरी अदालत पुगेपछि बहस सुरु हुन नसकेको हो। थुनछेक बहस सुरु हुन नसकेपछि लामिछानेलाई हिरासतमा राख्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले बताए। अब लामिछाने थुनछेक बहस नसकिँदासम्म हिरासतमै रहनेछन्।