कञ्चनपुरमा ६ लाख ६१ हजार मुल्यको अबैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा ६ लाख ६१ हजार मुल्यको अबैध सामान बरामद गरिएको छ। जिल्लाका विभिन्न स्थानबाट प्रहरीले सो मुल्यको अबैध सामान बरामद गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले एक लाख ३९ हजार ५ सय मुल्यको अबैध सामान बरामद गरेको छ।
यस्तै इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले ४४ हजार ६ सय, इलाका प्रहरी कार्यालय गड्डचौकीले तीन लाख ९६ हजार ५५०, अस्थायी प्रहरी बिट सुकाशालले ७२ हजार ७५० र अस्थायी प्रहरी बिट मझगाउले ८ हजार एक सय गरी ६ लाख ६१ हजार ५ सय मुल्यको चिनी, दाल, तेल, कपडा, विभिन्न मोबाइलका सामान, एक थान मोटरसाइकल हार्डवेयरका सामान र किराना सामान बरामद गरेर गड्डाचौकी भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।