अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु
काठमाडौं: अष्ट्रेलियामा एक नेपालीको मृत्यु भएको छ। मोटरसाइकल सिक्ने क्रममाअष्ट्रेलियाको तास्मानिया टापुमा ललितपुर स्थायी घर भएका सशान्त सिग्देलको मृत्यु भएको हो।
तास्मानियाको लन्चेस्टरमा मोटरसाइकल लाइसेन्सको परीक्षाको तयारी गर्ने क्रममा उनको मोटरसाइकल कारसँग ठोक्किएको गैर आवासीय नेपाली संघलाई उद्धृत गर्दै अष्ट्रेलियाबाट प्रकाशित हुने अनलाइन समाचार पोर्टल नेपालट्युबले जनाएको छ।
उनी सन् २०१८ मा मेलबर्नको फेडेरेसन विश्वविद्यालयमा लेखा पढ्न अष्ट्रेलिया पुगेका थिए।