सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा दुई नेपाली घरभित्रै मृत फेला

२०७६ चैत्र २३, १०:५५ खबर संवाददाता

अमेरिकामा दुई जना नेपाली मृत भेटीएका छन्। अमेरीकाको न्यूयोर्कमा बस्दै आएका मुस्ताङ जिल्ला घरभएका अन्दाजी ४० वर्षीय दुईजना नेपाली घरभित्रै मृत भेटिएको नुप्रि एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले बताएका छन्। न्युयोर्कको क्विन्सस्थित जमाइकामा बस्दै आएका सोनाम लामा र क्विन्स सन्नीसाइड बस्ने थोक्मे बिष्टको मृत्यु भएको जानकारी दिइएको छ। केही दिनदेखि बिरामी रहेका करिब ४० वर्षीय सोनामको उनी बस्ने कोठाभित्रै मृत्यु भएको बताइएको छ।

लामो समयफोन सम्पर्क नभएपछि सोनाम बस्ने कोठामा पुगेर हेर्दा उनी मृत अवस्थामा थिए। उनको मृत्यु कोरोना संक्रमणका कारणले हुन सक्ने बताइएको छ। यद्यपी उनको पोष्टमार्टम रिर्पोट भने आएको छैन्। १८ वर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा छ। उनको शव केही दिनअघि प्रहरीले लगेर गएको र उनका आफन्त अमेरिकामा नभएकाले अन्य जानकारी भने प्राप्त नभएको जनाइएको छ। 

यसैगरी करिब १२ वर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको पनि उनी बस्ने अपार्टमेन्टमा नै मृत्यु भएको जनाइएको छ। सुरुमा टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचारका लागि लगिएको र केही दिन घरमै आराम गर्न भनिएको थियो। थोक्मेका एक श्रीमती र दुई छोरा काठमाडौंमा बस्दै आएका छन्। स्थानीय समाजसेवी राजकुमार बिष्टले समाजिक सञ्जालमा लेखेअनुसार थोक्मेलाई पहिलेदेखि नै मुटुरोगको समस्या थियो। मृतक दुवैजना नेपाली नागरिक भएको जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस