सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका माछा र खसी नियन्त्रणमा

२०८१ माघ ११, ११:४० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका माछा र खसी प्रहरीले नियन्त्रणमा लिएको छ।

बेलौरी नगरपालिका–२ चारधरुवा र दोधारा चाँदनी नगरपालिका–४ झोलुङ्गेबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५७ हजार बराबरको माछा, खसी लगायतका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस