कैलालीमा करेन्ट लागेर एक महिला घाइते
२०८१ माघ ११, ०५:२६
धनगढी : कैलालीमा करेन्ट लागेर एक महिला घाइते भएकी छन्।
जिल्लाको भजनी नगरपालिका–९ आमवरीकी २५ वर्षीया भावना विक घाइते भएकी हुन्। आफ्नै खेतमा रहेको कटहरको रुखमा स्याउला काट्ने क्रममा उनाइ करेन्ट लागेर घाइते भएकी प्रहरीले जनाएकोछ।
घाइते विकको प्राथमिक स्वास्थ्यकेन्द्र भजनीमा उपचार पछि थप उपचारका लागी नेपालगन्ज लगिएको छ।
कमेन्ट लोड गर्नुस