धनगढीमा स्कुटी अनियन्त्रित हुँदा एक जना घाइते
२०८१ माघ ११, ०६:०४
धनगढीः धनगढीमा स्कुटी अनियन्त्रित भइ पल्टिदा एक जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–७ क्याम्पसचोक नजिक से ४ प १५१२ नम्बरको स्कुु्टी आफै अनियन्त्रित हुँदा चालक २२ वर्षीय पारस थापा घाइते भएका प्रहरीले जनाएको छ। घाइते थापाको आशा मेडिकल धनगढीमा उपचार भइरहेको छ।
कमेन्ट लोड गर्नुस