बालुवाटारमा सत्ता साझेदार दलको बैठक
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता साझेदार दलको बैठक जारी छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषय र सरकारले आगामी दिनमा गर्ने कामका बारेमा छलफल हुने बताइएको छ। बैठकमा सरकारमा रहेका एमालेसहित नेपाली काँग्रेस,लोसपा,जसपा तथा सरकारलाई समर्थन गरेका जनमत र नाउपाका नेताहरू सहभागी छन्।
यसअघि सत्तारुढ दलको बैठक बुधवार बसेको थियो। उक्त बैठकमा सरकारको सय दिनको समीक्षा गर्नुका साथै आगामी दिनमा गर्ने कामबारे आजको बैठकमा छलफल हुने एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिएका थिए।