सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ९ सय पशुको बलि

२०८१ असोज २५, ०६:४० खबर संवाददाता

बैतडीः बैतडीमा ९ सय पशुको बली दिइएको छ। घटस्थापनादेखि नवमीसम्म ९ सय पशुको बलि दिइएको हो।

जिल्लाकै प्रशिद्ध निङ्गलाशैनी मन्दिरमा लागेको अष्टममी मेलामा मात्रै ५१२ पशुको बली दिइएको छ। दशरथचन्द नगरपालिका–२ स्थित निङ्गलाशैनी भगवति मन्दिरमा ५१२ पशुको बली दिइएको हो। ३१७ राङ्गा र १९५ बोकागरी ५१२ पशुको बली दिइएको निङ्गलाशैनी मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज बोहराले बताए।

पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा ४१ राङ्गाको बली दिइएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा घटस्थापनादेखि आजसम्म २ सय २० पशुको बली दिइएको छ। १ सय राङ्गा र १२० बोकाको बली दिइएको मन्दिर व्यवस्थापन समितका अध्यक्ष नरेश नायकले बताए।

सुर्नया गाउँपालिका–५ स्थित फल्ङासैन मन्दिरमा २१ पशुको बली दिइएको छ। बिहीबार राती १४ राङ्गा र ७ बोकाको गरी २१ पशुको बली दिइएको वडा नम्बर ५ का वडाअध्यक्ष केशवसिंह बिष्टले बताए। डिलासैनी गाउँपालिका–५ को कफलासैनी भगवती मन्दिरमा ३० वटा राङ्गा र ३५ वटा बोकाको बली दिइएको छ। डिलासैनी–६ को निङ्गलाशैनी भगवती मन्दिरमा २१ राङ्गा र दुई बोका बली दिइएको मेला व्यवस्थापन समितिका सदस्य आँसु मालले बताए। डिलासैनी–१ को दुर्गाभवानी मन्दिरमा नवरात्राभरीमा १८ बोकाको बली दिइएको छ।

कमेन्ट लोड गर्नुस