सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको शिवनाथमा महाकाली करिडोरका कारण घर र खेतमा क्षति

२०८१ असार २५, ०४:०८ खबर संवाददाता

बैतडीः बैतडीको शिवनाथ गाउँपालिकाको वडा नम्बर १ मा महाकाली करिडोरबाट भेलसँगै बगेको ढुङ्गा, गिट्टी र बालुवाले स्थानीयको घर तथा खेतमा क्षति पुगाएको छ।

आइतवार र सोमवार परेको अविरल वर्षाका कारण सडकबाट बगेको पानीले तीन कोठे घरमा क्षति पुगाएको स्थानीय वीरबहादुर चाडले बताए। वर्षाको कारण सडक हुँदै आएको भेलले  शिवनाथ(१ को मटेला, कोलीकनाला, बण्ड, र गना गाउँमाका अन्य ६र७ घरमा क्षति पुगाउनुको साथै रोपाइँ गरेको खेत पुरेको स्थानीय मदनसिंह साउँदले बताए।

महाकाली करिडोरका कारण शिवनाथ गाउँपालिका क्षेत्रमा खेत बगाउने, पुर्ने र घरमा क्षति पुगाए झै पञ्चेश्वरमा समेत सडक क्षेत्रभन्दा तलको खेतमा व्यापक क्षति पुगाएको साउँदले बताए। वर्षाका कारण भएको क्षतिको विवरण संकलन गर्न प्रहरी टोली घटनास्थल तर्फ गएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताएका छन्। उनले मङ्गलवार साझसम्म क्षतिको पूर्ण विवरण थाहा हुने बताएका छन्।

No description available.

कमेन्ट लोड गर्नुस