खोटाङका पत्रकारलाई पेन्सन दिन कोष स्थापना गर्ने निर्णय
खोटाङ : नेपाल पत्रकार महासंघ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्ने भएको छ। महासंघको मंगलवार बसेको बैठकले ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको हो।
जिल्लामा क्रियाशील पत्रकारहरूलाई पत्रकारिता पेसामै टिकाइ राख्न ७० वर्षभन्दा माथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्ने उद्देश्यले पत्रकार पेन्सन कोष स्थापना गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताए। ‘पत्रकारिता पेसा मर्यादित र टिकाइरहनका लागि पत्रकार पेन्सन कोष स्थापना गर्ने निर्णय गरिएको आचार्यले बताए।
पत्रकार पेन्सन कोष सञ्चालनका लागि कार्यविधि निर्माण गर्न पत्रकार महासंघ खोटाङ शाखाका तीन जना पूर्वअध्यक्षलाई जिम्मेवारी दिने निर्णय पनि गरिएको आचार्यले सुनाए।