नेपाल र भारतबीच ४ सम्झौतामा हस्ताक्षर, के-के हुन ?
काठमाडौँः नेपाल र भारतबीच ४ वटा सहयोग सम्झौता भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको जारी भारत भ्रमणका क्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
देउवा र उनका समकक्षी नरेन्द्र मोदीबीच एकल र प्रतिनिधिमण्डल स्तरीय भेटवार्तापछि उक्त समझदारीपत्रमा दुवैतर्फका सरकारी अधिकारीले हस्ताक्षर गरेका थिए। इन्टरनेशनल सोलार एलाइन्समा नेपालको प्रवेश सम्बन्धि समझदारी, भारतीय आयल निगम र नेपाल आयल निगमबीच पेट्रोलियम पदार्थ आपुर्ती सम्झौता, भारतीय आयल निगम र नेपाल आयल निगमबीच प्राबिधिक सहयोग अर्को सम्झौता र सीमापार रेल सम्बन्धि प्राविधिक सहयोग सम्बन्धि समझदारी पत्रमा नेपाल र भारतबीच हस्ताक्षर भएको हो।