मूलप्रवाहको आठौं राष्ट्रिय सम्मेलन सम्पन्न, खनाल बने अध्यक्ष
नयाँ दिल्ली: भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं राष्ट्रिय सम्मेलन हरियाणा राज्यको फरिदावादसम्पन्न भएको छ।
सम्मेलनले ठाकुर खनालको अध्यक्षतामा ४७ पूर्ण १५ वैकल्पिक र १५ सल्लाहकार गरी ७७ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गरेको छ। सम्मेलनले २१५ सदस्यीय केन्द्रीय परिषदको पनि गठन गरेको छ। घोषणासभा समापन समारोहको कार्यक्रम मोतीराम गौतमको अध्यक्षतामा तथा धनबीर पुनको संचालनमा सम्पन्न भएको थियो।