यूएईमा एक नेपाली युवकको मृत्यु
काठमाडौं: एक नेपालीको यूएईमा मृत्यु भएको छ। रोजगारका लागि ३ वर्षअघि यूएई पुगेका रोल्पा नगरपालिका–८ जंकोटका ३३ वर्षीय दीपक डांगीको गत शुक्रबार मृत्यु भएको परिवारले जनाएको छ। मृत्युको कारणबारे ठोस जानकारी नपाइएको परिवारले जनाएको छ।
हाल लिबाङमा बसोबास गरिरहेका उनका छिमेकी लालबहादुर डांगीले मृत्युको अचानक खबर पाए पनि के कारणले मृत्यु भयो भन्ने जानकारी नपाइएको बताए। उनका घरमा श्रीमती, छोराछोरी, बाआमा र भाइबहिनी छन्।