सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मछापुछ्रे अर्ग्यानिक कफी हाउस सञ्चालनमा

२०७८ मंसिर १३, ०६:०९ खबर संवाददाता

धनगढी: धनगढीमा अर्गानिक कफि हाउस सञ्चालनमा आएको छ। २० लाखको लगानीमा माछापुच्छ्रे अर्ग्यानिक कफी हाउस सञ्चालनमा आएको हो। ४ जना युवाहरू को संयुक्त लगानी रहेको कफी हाउसमा विभिन्न प्रकारका नेपाली ‘ब्राण्डेड’ कफी हरूको स्वाद लिन सकिने कफि हाउसका सञ्चालक पवन सेरचनले बताए।

धनगढीमा एभरेस्ट बैङ्क लिमिटेडको पछाडि रहेको कफी हाउसको राष्ट्रिय सरोकार मञ्चका केन्द्रीय अध्यक्ष सोम विक्रम सिंह र आई.एस.टी.एफ (international soft tennis federation) का अध्यक्ष विनयविक्रम शाहले उद्घाटन गरेका हुन्। शेरचनले भने, ‘४ जनाको संयुक्त लगानीमा यो कफी हाउस सञ्चालनमा ल्याएका हौँ । सुरुको एक वर्ष घाटामै गएर भए पनि ग्रहकालाई सेवा दिन्छौँ।’

कमेन्ट लोड गर्नुस