सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाण्डा गर्भवती, शेयर बजारमा उछाल !

२०७८ जेठ २६, ०१:११ खबर संवाददाता

काठमाडौं: जापानमा एउटा पाण्डा गर्भवती भएको खबरले शेयर बजारमा उछाल आएको छ।

टोक्योस्थित उइनो चिडियाखानामा रहेको एउटा पाण्डा गर्भवती भएको हुनसक्ने खबर सार्वजनिक भएको छ। जसले गर्दा टोक्योका विभिन्न रेष्टुरेन्टहरुको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको हो। चिडियाखानामा पर्यटक आउने र आसपासका रेष्टुरेन्टहरुको व्यापार पनि चम्किने प्रक्षेपणका कारण रेष्टुरेन्टहरुको शेयर मूल्यमा उछाल आएको बताइएको छ।

चिडियाखानाका अनुसार १५ वर्षको शिन–शिन नामक पोथी पाण्डाले गर्भवती भएको लक्षण देखाएको हो। तर गर्भवती भए नभएको पुस्टि भने भइसकेको छैन। जीव वैज्ञानिकहरूका अनुसार स्तनधारी जनावरहरूमा गर्भधारण भए जस्तो लक्षण देखिए पनि गर्भधारण नभएका घटना पनि रहेका छन्। 

कमेन्ट लोड गर्नुस