सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायती सैनिक चिकित्सक टोली नेपाल आउने

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ ८, ०५:१३ खबर संवाददाता

काठमाण्डौँ – बेलायती सेनाले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीसहितको टोली पठाउने भएको छ।

नेपालमा कोरोनाका गम्भीर बिरामीहरूलाई उपचार गर्न अक्सिजन आपूर्तिको अभाव रहेकाले स्वास्थ्यकर्मीसहितको टोली पठाउने तयारी भएको बताइएको छ।

बेलायती विदेश मन्त्री दर्ड अहमदले बेलायतका सैनिक टोलीले अर्को हप्ताको सुरूमै नेपालमा सहयोग गर्ने बताएका छन्। बेलायतमा सेनाले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

आफ्नै विमानमार्फत आउन लागेको उक्त टोलीले साथमा अक्सिजन, औषधि र पीपीई सहित महत्वपूर्ण चिकित्सा उपकरणहरू ल्याउनेछ।
 

कमेन्ट लोड गर्नुस