नेपाललाई ५ अर्ब ८४ करोड सहयोग गर्ने अमेरीकाको घोषणा
काठमाण्डौँ – अमेरिकाले नेपाललाई ५ अर्ब ८४ करोड (५० मिलियन डलर) सहयोग गर्ने भएको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शुक्रबार बिहान ट्वीटरमार्फत नेपाललाई प्रदान गर्दै आएको वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी दिएका छन्।
नेपाल कोराना भाइरसको महामारीविरुद्ध जुधिरहेको बेला अमेरिकाले वैदेशिक सहायतामा बृद्धी गरेको हो। उनले नेपाललाई चरणबद्ध रुपमा सहयोग गर्ने समेत बताएका छन्।
अमेरिकी सहयोग नियोग युएसएडले अत्यावश्यक स्वास्थ्य सामाग्रीलाई चाँडै नेपालमा एयरलिफ्ट गर्ने तयारीमा छ।
उनले त्यसैमा कमेण्ट गर्दै नेपाललाई चरणबद्ध सहयोग गर्ने अमेरिकाको तयारी रहेको जानकारी दिंदै सहायताको पहिलो खेप चांडै आउने बताएका हुन।