सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिसाको अवधि सकिएकालाई यूएईले तीन महिनाको भिसा थप गरिदिने

२०७६ चैत्र १९, ०५:५६ खबर संवाददाता

यूएईले मार्च १ भन्दापछि यूएईको आवासीय भिसा सकिएकालाई तीन महिना थपिदिने भएको छ। सोमबार यूएईको मन्त्रीपरिषदले मार्च १ पछि यूएईको आवासीय भिसा सकिनेलाई निःशुल्क तीन महिना अवधिको भिसा नवीकरण गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसको कारण उत्पन्न परिस्थितीले भिसाको अवधि सकिएर पनि स्वदेश फर्कन नपाएकाको सुरक्षा र स्वास्थ्यका लागि यो निर्णय गरिएको स्थानीय सञ्चारमाध्यम गल्फ न्युजले उल्लेख गरेको छ।

यस्तै, यूएई घुम्न गएका तर कोरोनाको जोखिमका कारण स्वदेश फर्कन नपाउनेले भिसा थप गर्न पाउने भएका छन्। भिजिट या टुरिस्ट भिसामा यूएई गएकाले त्यहाँको कानुन अनुसार कुनै पनि टुर एण्ड ट्राभल एजेन्सीमार्फत भिसा थप गर्न सक्ने गल्फ न्युजले खबर लेखेको छ।

तर यो अबधिमा जसले आफ्नो भिसा थप्दैनन् उनीहरुले प्रत्येक दिनको ओभरस्टे वापतको रकम तिर्नुपर्ने हुन्छ। भिसा अवधिभन्दा बढी अथवा ओभरस्टे भएर बसेमा प्रत्येक दिन बराबर दुई सय दिर्हाम जरिबाना लाग्नेछ।

कमेन्ट लोड गर्नुस