धनगढीबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट, धनगढी उपमहानगरपालिका–१० गणपती इटाभट्टा नजिक र धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ८ हजार ८० बराबरको सामान बरामद गरिएको हो।
भन्सार छलीका मोबाईल डिस्प्ले, बिडी, गुट्खा, पान, सोडा, प्लाष्टिक लगायतका किराना सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।