कञ्चनपुरबाट एक जना फरार प्रतिवादी पक्राउ
२०८१ माघ ११, ०७:४९
कञ्चनपुरः कञ्चनपुरबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०७८ मंसिर २२ गतेको फैसलाले लागूऔषध मुद्दामा २ महिना ९ कैद सजाय र २ सय जरिवाना तोकिएपछि फरार रहेका बेदकोटनगरपालिका–७ सुडा बस्ने २४ वर्षीय सन्देश बोहरा पक्राउ परेका हुन्। बोहरालाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस