कैलालीको मजगाउँमा तीन दिन माघ महोत्सव आयोजना हुने
धनगढी : कैलालीको मजगाउँमा तीन माघ महोत्सव आयोजना हुने भएको छ। थारू समुदायको हराउँदै गरएको लोककला, रिती संस्कृति, संरक्षण सम्र्बद्धन तथा पहिचान बचाउनका लागि मजगाउँमा माघ महोत्सव २०८१ हुने भएको हो।
‘संस्कृति संरक्षण, स्थानीय पर्यटन ओ आधुनिक कृषि प्रर्वद्धनके लाग एकजुट हुइ’ भन्ने मुल नाराका साथ गोदावरी नगरपालिका– ८ मजगाउँमा तीनदिने माघ महोत्सव आयोजना हुने भएको छ।
थारू कल्याणकारिणी सभा गोदावरी नगरसमिति र बरघर भलमन्सा नगरसमितिको आयोजना र मजगाउँ थारू समुदायिक होमस्टे र न्यू खुँटिया चारपाटे युवा क्लबको सहकार्यमा महोत्सव आयोजना हुने बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो।
महोत्सव यहि माघ १२, १३ र १४ गते आयोजना गरिन लागेको थारु कल्याण कारिणी सभा गोदावरी नगर अध्यक्ष जनकलाल चौधरीले बताए। उनले थारू समुदायको लोककला, रितीसंस्कृति, गीतबास, रितीरिवाज, चालचलन बोलीभाषा संरक्षण सम्बद्धनका लागि महोत्सव आयोजना गर्न लागेको बताए।
‘थारू समुदायको पहिचानसँग जोडिएका लोककला, रितीसंस्कृति, गीतबास, रितीरिवाज, चालचलन, बोलीभाषा, लवाई खवाई दिनप्रति दिन हराउँदै गएको छ, त्यसलाई संरक्षण सम्वद्र्धनका लागि महोत्सव आयोजना गरिन लागेका छौैँ’,उनले भने।
थाकस कैलालीका पूर्व कावा सभापति माधव चौधरीले थारू समुदायको संस्कृति संरक्षण तथा ऐतिहासिक बस्तुहरु जगेर्ना गर्ने उद्देश्य सहित महोत्सव आयोजना गरिन लागेको बताए । यसका साथै उनले स्थानीय पर्यटन, आधुनिक कृषि प्रवर्धन र पर्यावरण संरक्षणका लागि पनि महोत्सव आयोजना गरिन लागेका बताए।
उनले भने, ‘थारू समुदाय लोककला, रितीसंस्कृति र ऐतिहासिक बस्तुहरुको जगेर्ना र स्थानीय पर्यटन तथा आधुनिक कृषि प्रर्वद्धनका लागि महोत्सवको आयोजना गर्न गइरहेका छौँ । यसमहोत्सवले समाजको लागि सकारत्मक भूमिका खेल्ने छ।’
महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने आयोजकले जानकारी दिएको छ। महोत्सवमा स्थानीय भाँकीहरू प्रदर्शनका साथै थारू राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ। महोत्सवमा ऐतिहासिक थारू खानपानको व्यवस्था, थारू कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारू समाज सेवा तथा प्रतिभावान व्यक्तिहरुलाई सम्मान, ठुलो पिङ, चर्खा तथा अन्य रमाइलो मेला प्रदर्शन हुने आयोजकले जनाएको छ। महोत्सवमा थारू परिकार, कृर्षि उपज, स्थानिय उत्पादन लगायतका स्टल रहने छ।