टिप्परको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौँः सुनसरीको हरिनगर गाउँपालिका–४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
शनिबार को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट देवानगञ्ज गाउँपालिका–७ का ४५ वर्षिय झल्लु उराँवको घटनास्थलमै मृत्यु भएको हो। घुस्कीबाट हरिनगरा बजारतर्फ सिटिजन बैंकको उत्तरपट्टीको सडक हुँदै गइरहेको को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट उराँवको घटनास्थलमै मृत्यू भएको प्रत्यक्षदर्शी ब्रह्मदेव मेहताले बताए।
घटनापछि हरिनगरा बजारक्षेत्र तनावग्रस्त बनेपछि प्रहरीको सक्रियतामा पीडितपक्षलाई सम्झाइबुझाई गर्ने काम भएको र बाटो खुलाउने काम भएको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए। आक्रोशित स्थानीयको भिडलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको समेत उनले बताए। टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।