सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ९ सवारीचालकलाई कारबाही

२०८१ मंसिर १६, ०५:३५ खबर संवाददाता

दार्चुलाः दार्चुलामा ९ जना सवारीचालकलाई कारबाही गरिएको छ। क्षमताभन्दा बढी यात्रु राख्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।

आइतबार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाबाट संयुक्त रुपमा खटिएको टोलीले गरेको चेकजाँचका क्रममा क्षमताभन्दा बढी यात्रु राख्ने पाँचसहित ९ सवारीचालकलाई कारबाही गरिएको छ। उनीहरुलाई जरिबाना गरेर छोडिएको छ। 

कमेन्ट लोड गर्नुस