सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

साङ्केतिक
साङ्केतिक
२०८१ मंसिर १५, ०९:४४ खबर संवाददाता

काठमाडौँः पेट्रोल र हवाई इन्धनको मूल्य बढेको छ।

नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरेको हो।

यस अनुसार अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र बाँकी क्षेत्रमा १५७.५० रुपैयाँ पर्नेछ। त्यस्तै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ भने अन्तराष्ट्रिय हवाई इन्धन (अन्तर्राष्ट्रिय) काठमाडौंमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्नेछ।
 

कमेन्ट लोड गर्नुस