सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाको प्रदर्शनमा सांसद चौधरीसहित १७ नेता कार्यकर्ता पक्राउ

२०८१ कार्तिक १३, ०१:२० खबर संवाददाता

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालुवाटार क्षेत्रमा प्रदर्शन सुरु गरेको छ।

रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रदर्शन सुरु भएलगत्तै प्रहरीले केही नेता कार्यकर्तालाई पक्राउ गरेको छ। उनका अनुसार बालुवाटारस्थित नेपाल हाउसको अगाडिबाट सांसद अशोककुमार चौधरीसमेत केही नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ।

त्यस्तै पक्राउ पर्नेहरूमा काठमाडौं जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्र कुमार श्रेष्ठसहित १७ जना छन्। शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा प्रहरीले धरपकड गरेको कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताए। राजनीतिक प्रतिशोध, अन्याय, बेथिति र भ्रष्टाचारविरुद्ध भन्दै रास्वपाले प्रदर्शन गरेको हो।

कमेन्ट लोड गर्नुस