सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी डडेल्धुराबाट पक्राउ

२०८१ साउन १, ०७:५० खबर संवाददाता

डडेल्धुराः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी डडेल्धुराबाट पक्राउ परेका छन्।

बिशेष अदालत बबरमहल काठमाडौँको फैसलाले बैंकिङ कसुर मुद्दामा २ दिन कैद सजाय ८ हजार क्षतिपुर्ती र ५ लाख ३७ हजार जरिवाना तोकिएका डडेल्धुराको अमरगढी नगरपालिका–२ बस्ने ३७ वर्षीय तिर्थराज जोशी पक्राउ परेका हुन्। जोशीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले अमरगढी नगरपालिका–५ बागबजारबाट सोमवार पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस