सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरेलु मदिरा र गाँजा बिक्री गर्न कानुनी व्यवस्था गरिने

२०८१ जेठ १५, ०५:५५ खबर संवाददाता

धनगढी : नेपाल सरकारले घरेलु मदिरा र गाँजा बिक्रीका लागि कानुनी व्यवस्था मिलाउने भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री वर्षमान पुनले घरेलु मदिरा र गाँजा बिक्री गर्न कानुन निर्माण गर्ने बताएका हुन्।

नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यको ४९ नम्बर बुदामा औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने छ भनिएको छ। नेपाल सरकारले कृषि क्षेत्रमा गाँजाको उत्पादनलाई समावेश गरेको छ। उक्त बजेट वक्तव्यको ९४ नम्बर बुदामा घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, बजारिकरण तथा बिक्रीका लागि पनि कानुनी व्यवस्था मिलाइने छ भनिएको छ। नेपाल सरकारले घरेलु मदिरालाई उद्यमशीलता र औद्योगिक विकासमा समावेश गरेको छ।

 

कमेन्ट लोड गर्नुस