सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतलाई हराउँदै बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनशिपको उपाधि

२०८० फाल्गुन २७, ०६:०५ खबर संवाददाता

काठमाडौँः भारतलाई हराउँदै बङ्गलादेशले १६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको उपाधि जितेको छ।

सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको परिसरमा आज भएको फाइनल खेलमा बङ्गलादेशले भारतलाई पेनाल्टी शुटआउटमा ३–२ गोलले हरायो। निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो।

खेलको ४ मिनेटमा अनुष्का कुमारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् तर खेलको ७० मिनेटमा बङ्गलादेशले उपहार गोल पाएपछि खेल १–१ को बराबरीमा पुगेको हो। प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी थिए। यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भएको हो।
 

कमेन्ट लोड गर्नुस