सगरमाथामा अहिलेसम्मकै धेरै आरोही
धनगढीः नेपालको हिमाल आरोहण कोभिडअघिकै अवस्थामा फर्किएको छ।
कोभिड महामारीपछि सुस्ताएको आरोहण वसन्त ऋतुमा पुरानै अवस्थामा फर्किएको हो। सगरमाथा आरोहणका लागि वसन्त ऋतुमा सबैभन्दा धेरैले अनुमति पाएका छन्। कोभिड महामारीको कारण २०२० मा आरोहण स्थगित भएको थियो। पर्यटन विभागको तथ्यांकअनुसार वैशाख १४ गतेसम्म सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ४६३ जनाले अनुमति लिएका छन्।
सगरमाथा आरोहण गर्नेमा चिनियाँ नागरिक धेरै छन्। त्यसपछि अमेरिका दोस्रोमा छ। विगतमा अमेरिकी नागरिक सबैभन्दा बढी हुने गरेका थिए। वसन्त ऋतुको लागि २४ वटा हिमाल आरोहणको लागि अनुमति लिएकोमा सबैभन्दा बढी सगरमाथामै छन्।
वसन्त ऋतुमा विभिन्न हिमालमा आरोणका लागि ९ सय ८६ जनाले अनुमति पाएका छन्।