बझाङमा पहिलाे पटक ड्रागनको खेती
तरुणा जाेशी, बझाङ: बझाङमा पहिलो पटक ड्रागन फलको खेती सुरु गरीएको छ।
जिल्लाकाे छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर १ को भाडे र केदारस्यु गाउँपालिका वडा नम्बर ९ को झोतामा पहिलो पटक सिउडि प्रजातिको ड्रागन फलको परिक्षण गरीएको हो। जिल्लाको भाणे र झोताको करिब २ रोपनिमा परिक्षणको लागी रातो प्रजातिको ड्रागन फल रोपिएकोे कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले बताए।
कृषक शुरेन्द्र कठायतले भाणेमा र अबस्थि एग्रिकल्चर फार्मले झोतामा कृषि ज्ञान केन्द्रको लगानीमा ड्रागन खेती सुरु गरीएको हो ।
कृषि ज्ञान केन्द्र बझाङ को वार्षिक कार्यक्रम अनुसार १० लाखको लागतमा यो परिक्षण गरिएको हाे। कन्चनपुर जिल्लाको नर्सरीबाट करिब ३ सय ७८ पिलर र ४ सय बिरुवा बझाङ ल्याइएको थियो। कृषि ज्ञान केन्द्रको प्राविधिक र अमर्थिक सहयोगमा आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावना लिएर आफूहरुले आफ्नै ठाउँमा कर्षि व्यवसाय गर्न लागेको कृषक शुरेन्द्र कठायतले बताए।
खेती सुरु गरेको ड्रागनले दुई वर्षपछि उत्पादन दिने छ। ‘हावापानी, मौसम सुहाउँदो देखिएकाले ड्रागनकोे खेती सुरु गरेका हाै, कठाएतले भने।
समुद्र सतहदेखि ८ सय मिटरकाे उचाई रहेको क्षेत्रमा यो फल लगाउन सकिने प्राविधिककाे सुझाव रहेकाले उक्त ठाउँमा परिक्षणको लागी ड्रागन खेती सुरु गरएिको कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले बताए। ड्रागन फल दक्षिण अमेरिकाको मेक्सिकोमा फल्ने सिउँडी प्रजातिको रैथाने फल हो। केही वर्षयता नेपालमा पनि ड्रागन फलको खेती तर्फ आकर्षण बढेको छ ।
सिउडी प्रजाति भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मल-खाद र हेरचाह आवश्यक नपर्ने विष्टले बताए। ड्रागन फल औषधियुक्त गुण भएकोले स्वास्थ्यका लागि निकै लाभदायक हुने मानिएको छ। यसको सेवनले मधुमेह, बाथरोग, क्यान्सर, पेटको समस्या लगायत कम गर्न सकिन्ने जनाइएको छ।