सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भूकम्पले सडक भासियो 

फोटो: सानो मान्छेको फेसबुकबाट
फोटो: सानो मान्छेको फेसबुकबाट
२०७९ कार्तिक २६, ०९:०७ खबर संवाददाता

धनगढी: अछाममा भूकम्पका कारण सडक भत्किएको छ। शनिबार राती गएको भूकम्पका कारण सडक भत्किएको हो। अछामसहित सुदूरपश्चिमका सबै जिल्लाहरुमा आज ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो।

सोही भूकम्पपछि अछामस्थित साफेबगर नजिकै सडक भासिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। साफेबगरको चिप्लेपानी भन्ने ठाउँमा सडक भासिएको र सडकमा आएको पहिरो पन्छाएर बाटो खुलाउन प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। सुदूरपश्चिममा आज बझाङको पातादेवल आसपास केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

कमेन्ट लोड गर्नुस