अछामका सार्वजनिक यातायातमा नयाँ भाडादर कायम
धनगढी: अछामका सार्वजनिक यातायातमा नयाँ भाडादर कायम गरिएको छ। जिल्ला यातायात व्यावस्थापन समितिको बैठकले जिल्लाभित्र चल्ने सवारी साधनको नयाँ भाडादर कायम गरेको हो।
जसअनुसार पक्की सडकमा प्रति किलोमिटर ७ रुपैयाँ ५० पैसा, ग्राभेल सडकमा प्रतिकिलोमिटर ९ रुपैयाँ र कच्ची सडकमा १२ रुपैयाँ निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। यातायात व्यावसायीहरुलाई उक्त भाडादर कायम गर्न निर्देशन दिइएको र सर्वसाधारण नागरिकलाई पनि सचेत हुन आग्रह गरिएको अछाम प्रशासनले जनएको छ।