सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन क्षेत्रको विकास ओझेलमा परेकामा चिन्ता

२०७८ चैत्र १९, ०७:३४ रासस

नेपालगञ्ज: पर्यटन र पर्यटकलाई साझा प्याकेजका रूपमा बुझ्न नसक्दा पर्यटन क्षेत्रको विकास ओझेलमा परेकामा व्यवसायीले चिन्ता गरेका छन्। नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को आज यहाँ आयोजना भएको दोस्रो वार्षिक साधरणसभा तथा अधिवेशनमा सहभागीले हाल अनलाइन सेवाका नाममा भएका गैरकानुनी कार्य र एयरलाइन्स तथा ट्राभल्सबीचको सम्बन्ध विस्तारले पर्यटन क्षेत्रलाई टेवा दिएको बताएका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले यहाँको चार खम्बामध्ये पर्यटन एउटा भएको उल्लेख गर्दै सञ्चालनमा रहेका क्यासिनोले पर्यटन क्षेत्र चलायमान भएको बताए। उनले होटल तथा पर्यटन अध्ययन प्रतिष्ठानको स्थापना भएमात्रै त्यसले पयर्टनको विकासमा सघाउ पुग्ने विश्वास गर्दै बाँकेलाई पर्यटनको हबका रूपमा स्थापित गर्न पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न जोड दिए।

पर्यटन विकास मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएको जानकारी दिँदै थुप्रै पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटनको विकास गर्न आवश्यक भएको बताए। 

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले पर्यटन क्षेत्रको विकासका लागि सबैको चासो अनिर्वाय भएको उल्लेख गर्दै नाथम कलेज स्थापन महत्वपूर्ण काम भएको बताए।

नाट्टाको पहलमा गत विसं २०७७ फागुन ७ गतेदेखि नेपालगञ्ज– पोखरा हवाई सेवा सञ्चालन, बर्दिया ठाकुराद्वारासम्म सुविधासम्पन्न बस सेवा सञ्चालन, टुर दी ठाकुरद्वारा कार्यक्रम सञ्चालन, वेइस्टर्न टा«भल्स मार्टलगागतका कार्यक्रम भएको नाट्टाका महासचिव झविलाल शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन्। नाट्टाकोे अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ। सो अवसरमा पत्रकार झलक गैरेलगायतलाई पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै सम्मान गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस