सुदूर नेपाललाई विश्वसँग जोड्दै

टर्की–ग्रिस सिमानामा १९ आप्रवासीको चिसोले मृत्यु, सुदूरपश्चिमका एक जना सम्पर्कविहीन

फाइल फोटो
फाइल फोटो
२०७८ माघ २७, ०८:०९ खबर संवाददाता

बार्सिलोनाः अवैध रुपमा टर्कीदेखि ग्रिस प्रवेश गर्न खोजेका १९ आप्रवासीहरूको गत साता चिसोको कारण मृत्यु भएको छ। टर्की र ग्रिसको सीमा नजिकै चिसोले कठ्यांग्रिएर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मृत्यु हुनेमा नेपालीहरू पनि रहेको हुन सक्ने आंशका गरिएको छ। हालसम्म १९ जनाको शव भेटिएको टर्कीका अधिकारीहरूले जनाएका छन्।

ग्रीसको सीमा बलले आप्रवासीहरूलाई टर्कीतर्फ फर्काउँदै अलपत्र छोडिदिएको हुँदा उक्त घटना घटेको टर्कीका अधिकारीहरूले बताएका छन्त। तर, ग्रिसका अधिकारीले यसको खण्डन गर्दै आफ्ना कारणले कसैको पनि मृत्यु नगएको बताएका छन्। घटनाप्रति युरोपेली युनियनले चिन्ता प्रकट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

एक सुदूरपश्चिमेली सम्पर्कविहीन

कञ्चनपुर मूल घर भएका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन छन्।

गत सातादेखि सम्पर्कविहीन रहेको एनआरएनए टर्कीका अध्यक्ष उज्ज्वलकुमार घिसिङ्ले बताए। घिसिङका अनुसार ग्रिस–टर्की सिमानाबाट केही नेपालीहरू कष्टकर यात्रा गर्दै स्तानबुल आइपुगेका छन्। 

स्तानबुल फर्किएका नेपालीहरूको भनाइलाई उदृत गर्दै ४१ जना आप्रवासीहरूको समूहलाई ग्रिसको प्रहरीले समातेर टर्कीको सिमानामै फर्काइदिएको घिसिङ्ले बताए।

८ जना नेपालीहरू रहेको बुझिएको बताइएको छ। तीमध्ये ७ जना फर्किएको भए पनि हालसम्म अवस्थी मात्रै सम्पर्कविहीन छन्। 

चिसोमा कठ्यांग्रिएर बुधबार र बिहीबार गरी १९ जना आप्रवासीहरूको मृत्यु भएको बताइएको छ। 

अवैधरुपमा ग्रिस प्रवेश गरेका चारजना नेपालीको मंसिरको पहिलो साता गाडी दुर्घटनामा परी मृत्यु भएको थियो। दुई साताअघि मात्रै उनीहरूको शव नेपाल पुगेको थियो।

कमेन्ट लोड गर्नुस