सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका युवकको पोर्चुगलमा मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ माघ १५, ०७:४८ खबर संवाददाता

धनगढी : कञ्चनपुरका एक युवकको पोर्चुगलमा मृत्यु भएको छ। विगत तीन वर्षदेखि पोर्चुगल बस्दै आएका भीमदत्त नगरपालिकाका ३८ वर्षीय तर्कराज भट्टको मृत्यु भएको बताइएको छ।

गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राजकुमार थापाका अनुसार उनले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनी बस्ने घरभन्दा केही पर रुखमा झुन्डिएको अवस्थामा प्रहरीले भेटेको बताइएको छ। पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका भट्ट कृषि फार्ममा काम गर्थे। उनका एक छोरा र श्रीमती छन्।


 

कमेन्ट लोड गर्नुस