सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका जनकले पोखरामा खोले रेष्टुरेन्ट

२०७८ मंसिर १, ०५:४१ खबर संवाददाता

धनगढी: बैतडीका युवा जनक अवस्थीले पर्यटकीय नगरी पोखरामा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। होटेल म्यानेजमेन्टमा डिप्लोमा गरेका अवस्थीले बुधबारबाट पोखराको लेकसाइडमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्। ८ वर्षदेखि होटेल क्षेत्रमा काम गर्दै आएका अवस्थीले ११ लाखको लगानीमा आफ्नै व्यवसाय सुरु गरेको बताए।

उनले चितवनको रेड कार्पेट, पोखरा लेक साइडको तिर्सरा रेष्टुरेन्ट र पोखरा सारङकोटको चार तारे होटेल हिमालयन फ्रन्टमा काम गरेका छन्। अवस्थीले आफ्नो रेष्टुरेन्टमा खाजाका सबै परिकार पाउनुको साथै खानासमेत पाउने बताए। सुन्दर नगरी पोखरामा आउने पर्यटकहरुलाई लक्षित गरेर आफ्नै व्यवसाय सुरु गरेको अवस्थीले बताएका छन्।

कमेन्ट लोड गर्नुस