धनगढीमा यमाहाले गर्यो नयाँ मोडेलको मोटरसाइकल सार्वजनिक
धनगढी: धनगढीमा नयाँ मोडलको मोटरसाइकल सार्वजनिक भएको छ। यमाहा मोटरसाइकलका लागि आधिकारीक विक्रेता एकएडब्लु इन्टरप्राइजेजले यामाहाको एफ जेड भि थ्री कनेक्ट एक्स मोडल सोमबारबाट आधिकारीक रुपमा नेपालमा ल्याएको हो।
सन् २००८ मा एम ए डब्लु प्रालि यमाहाको एफ जेड १६ पहिलो पल्ट लर्ड अफ द स्ट्रीट नाराका साथ नेपाली बजारमा ल्याइएको यमाहाले जनाएको छ। १४९ सीसीको सो मोटरसाइकलमा ब्लु कोर इन्जिनको अवधारणा लइाएर कम इन्धन खपत, वातावरणमैत्री रहेको जनाएको छ। अहिले रातो, हरियो, निलो र कालो गरि ४ रगंमा सो बाइक सार्वजनिक गरिएको छ।
जसमा रातो, नीलो र हरियो वाइकको मुल्य ३ लाख ७९ हजार ९ सय रहेको छ भने कालो कारको ३ लाख ८९ हजार ९०० रहेको छ।