विमानको सिँढी चढ्दा ३ पटक लडे अमेरिकी राष्ट्रपति बाइडेन(भिडियोसहित)
एजेन्सी : अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन ३ पटक लडेको उक्त भिडियोमा चर्चित बनेको हो।
राष्ट्रपति जो बाइडेन शुक्रबार एटलान्टाको भ्रमणमा जाँदै थिए। एटलान्टा जानका लागि उनी एयरफोर्स वनको सिँढी चढ्दै गर्दा उनको सन्तुलन बिग्रियो र उनी लर्खराए।
भिडियोमा बाइडेन विमानको सिँढी चढ्दै गर्दा लर्खराएको देख्न सकिन्छ।
भिडियोमा देख्न सकिन्छ कि अमेरिकी राष्ट्रपति विमानको सिँढीमा तीनपटक लड्छन्। तर उनले आफूले आफैंलाई सम्हालेका छन्।
WATCH: Biden falls three times trying to climb the stairs to board Air Force One pic.twitter.com/IfDUjLPQB4
— Breaking911 (@Breaking911) March 19, 2021