भारतमा नेपालीको कपाल मुण्डनः थप तीन जना पक्राउ
भारतको बनारसमा एक नेपाली युवकको कपाल मुण्डन गरी दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
सन्तोष पाण्डेय, आशिष मिश्रा, राजु यादव र अमित दुबेलाई पक्राउ गरिएको बनारस प्रहरीका एसएसपी अमित पाठकलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम द वायरले लेखेको छ। भिडिओ खिच्ने पाण्डेयलाई हिजो अपराह्न पक्राउ गरिएको थियो। घटनाका मुख्य आरोपित अरुण पाठक भने फरार छन्।
गएको २९ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि अयोध्या भारतमा नभई नेपालको ठोरीमा भएको अभिव्यक्ति दिएपछि त्यसको विरोध गर्दै बनारसमा हिन्दुवादी संगठनले नेपाली युवकको कपाल मुण्डन गरी टाउकोमा ’जय श्रीराम’ लेखेका थिए।